भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले सगम्र जिल्लाको आर्थिक सामाजिक विकासमा संघको नीति तथा कार्यक्रम पहिचान गर्न एक दिने योजना तर्जुमा कार्यशाला गोष्ठी २०७७ श्रावण २३ गते भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोट, भक्तपुरमा सम्पन्न ग¥यो ।
संघका अध्यक्ष प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा संघका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार कृष्ण प्रसाद ताम्राकार, पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार युवक राजभण्डारी र पूर्व अध्यक्ष, वर्तमान सल्लाहकार संयोजक तथा नेउवामहासंघ वागमती प्रदेश उपाध्यक्ष कृष्ण प्रसाद अवालले संघको मूल्य मान्यतालाई आत्मसाथ गर्दै समग्र मुलुककै लागि उदाहरणीय कार्यहरु गर्न सकिने गरी योजना बनाउनु पर्ने सुझाव दिनुभयो । यसैगरी कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राम प्रसाद प्रजापतिले योजना मुताविकका कार्यहरु सम्पन्न गर्नमा वर्तमान कार्यसमिति सक्षम रहेको बताउनु भयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धरले संघको सबभन्दा सवल पक्ष कार्यसमिति बीचको एकटा भएको हुंदा योजना अनुसारका कार्यक्रमहरु सम्पन्न गर्नमा कुनै समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।
[[img3]]
कार्यक्रममा श्रोतव्यक्ति उत्तम झाले योजना तर्जुमाका लागि सहजिकरण गर्नु भएको थियो भने उपस्थिति सम्पूर्ण कार्यसमिति सदस्यहरुले आआफ्ना समितिहरुका कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।


