भक्तपुर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् ।
विगत १५ वर्ष देखि शारिरिक सुगठनमा सक्रिय सुवालले वल्र्ड पापर लिफ्टिङ फेडेरेशन(लण्डन) तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भएको स्पर्धामा रजत पदक हासिल गरेका हुन् ।
प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियरतफर्का राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले बताए ।
स्पर्धामा तीन खेलाडीले स्वर्ण पदक र एकले रजत गरी कुल चार उपाधि नेपालले हासिल गरेको प्रशिक्षक गिरीले जानकारी दिए । उनले स्वर्ण पदक विजेता गुरुङ्गले ८२.५ केजी , आलेमगरले १सय १० केजी र श्रुती कार्कीले ५६ केजी तौल उठाएर जीत हासिल गरेको बताए ।
प्रतियोगितामा दक्षिण एसिया लगायत विभिन्न देशका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ जना खेलाडी सहित २ जना अफिसियल, एसियन पावर लिफ्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिफ्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी भएका थिए ।
सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक किर्तिमान समेत बनाएका थिए । सुवालले पोखरामा पावर जिम एण्ड फिटनेस संचालन गर्दै आएका छन् ।


