विद्रोही आर.के.
असल, इमानदार म,
क्रान्तिकारी पार्टीको
कार्यकर्ता वा समर्थक म,
मेरो सकृयाताले मलाई
गर्व गर्ने ठाउँ दियो ।
मेरो क्रियाशीलताले मलाई
अहम्ता र महत्त्वाकाङ्क्षी बनायो ।
मेरो लेखाइले मलाई
घमन्डी बनायो ।
मेरो घमन्डी, महत्त्वाकाङ्क्षी र चरित्रले
मलाई विस्तारै पार्टीले
जिम्मेवारीबाट पन्छाउँदै लग्यो ।
मेरो संगत खरिदविक्रि जग्गा दलाली संग भयो ।
विस्तारै जाँडरक्सीमा भुलिए,
पैसामा भुलिए म ।
अनि,
मध्यराममा सपनाबाट विउँझिएँ ।
आकासबाट खसे झै झसंग भए म ।
सपनामा बाटो विराएँ छु मैले,
सहिदको सपना भुलेछु मैले ।
समाजको कर्तव्य विर्सेछु मैले,
पार्टीको सकृयता, क्रियाशीलता र लेखाइ छोडेछु मैले ।
सबै गुमाएर बसेछु सपनामा,
बाटो विराएर बसेछु सपनामा,
अव विउँझि सके
विराएको हरेक बाटो समात्नु छ मलाई
सकृयता, क्रियाशीलता र लेखाइमा निखार्नु छ मलाई
सहिदको सपना साकार पार्नु छ मलाई ।
अन्यायमा परेका गरिव दिनदुखिहरुलाई
न्याय दिनु छ मलाई ।
शोषणबाट मुक्ति पाउनु छ मलाई ।
धन्यवाद !










