शनिबार रक्तदान कार्यक्रम सम्पन्न

शनिबार रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय समाज सेवा समिती र ब्लडपल नेपालको सहकार्यमा विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड (१९ को विषम परिस्थितिमा चौथर्फि रुपमा बढिरहेको रगत अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ भक्तपुरको याछे( ६ स्थित गणेश मन्दिर परिसरमा”आकस्मिक रक्तदान कार्यक्रम” सम्पन्न भएको हो । उक्त कार्यक्रममा रक्तदाताहरुलाई सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी जम्मा ७१ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
संकलित रगत रेडक्रस भक्तपुरलाई हस्तान्तरण गरिएको टीम ब्लडपलका प्रमुख संयोजक सुरेश मानन्धरले इनेपाललाइ जानकारी दिएका हुन । उनका अनुसार बल्डपलले बिगत केहि बर्षदेखी नै रक्तदान कार्यक्रम गर्दै आएको छ । प्रस्तुत कार्यक्रमा कार्यक्रम संयोजक तथा ब्लडपलका सक्रिय सदस्य सन्जु नापित तथा समाज सेवा समितिका सचिव बाबु काजी रन्जितकारद्वारा सयुक्त रुपले सम्पुर्ण रक्तदाताहरु, स्वयंसेवकहरु, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर लगायत समाज सेवा समितिलाई धन्यवाद प्रकट गर्नुका साथै प्रसंशा पत्र वितरण गरि कार्यक्रम औपचारिक रुपले समापन गर्नुभयो।