गोरखाको धर्चे गाउ पालिका अन्तर राष्ट्रिय पर्वतीय पर्येटकको सदस्यमा विश्वको पहिलो गाउँ पालिका भएको छ। पर्वतीय पर्येतनको पर्चुर सम्भावना रहेको यस क्षेत्रको बिकाश गर्ने उदेस्यले गाउ पालिकाले विभिन्न अन्तरिक तथा बाहिय पर्येतन गतिविधि अगाडी बढाएको छ। गाउ पालिकाकाको अग्रसरतामा शनिबार र आइतबार बुढीगण्डकी र्याफ्तिङ ,साहसिक खेल क्यानोनिङ ,प्याराग्लाइदिङ , रकक्लाइमिङ्ग तथा फिसिंग प्याकेज इभेन्ट सम्पन्न गरेको छ।
गाउ पालिकाका प्रमुख सन्तोष गुरुङको अध्क्षयतामा बुढीगण्डकी ह्वाइट वाटर अन्वेषण कार्येक्रम समन्वय समिति अन्तर्गत भएको कार्येक्रममा समितिका उप प्रमुख जानुका अधिकारी , नेपाल पर्येतन बोर्डका निर्देशक अवदेश दासले संयुक्त रुपमा उत्घाटन गरेका हुन्।
समितिले लामो दुरी ¥याफ्टिङ गर्नेका लागि तातोपानीदेखि लापुवेशीसम्म र छोटो दुरीमा ¥याफ्टिङ गर्न चाहनेलाई माछाखोलादेखि लापुवेशीसम्मको प्याकेज खुल्ला गरिनुका साथै छरिएर रहेको तातोपानीका मुहानलाई ब्यबस्थित गरि कुण्ड तयार गर्ने योजनाका साथ काम अगाडी बढिसकेको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा आरुघाट गाउँपालिका का प्रमुख पूणर् दाहाल, भीमसेन थापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा र अजीरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ सहभागी थिए । क्यानोनिङ प्रवर्धनका लागि छाँगो नेपालका अध्क्षय किशोर शाहीले प्रशिक्षण दिदै आएका छन्। काठमाडौँ बात धादिङ , आरुघाट भएर धार्चे सम्म सडक मार्गले सहज जोडिएको छ।




