काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कुलमान घिसिङलाई बिदाई गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कर्मचारीले मंगलबार बिदाई गरेका हुन्। बिदाई कार्यक्रममा प्राधिकरणका कर्मचारीले घिसिङलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताएका थिए। उनीहरूले कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिँदै बिदा गरेका हुन् ।









