सुनील सापकोटा
बिराटनगर , मोरङ हाल: बार्डिया , सिडनी
आज कार्तिक शुक्ल पक्षको हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह। यसलाई देवोत्थान एकादशी पनि भनिन्छ। हिन्दु धर्म, संस्कृति र परम्परामा यस दिनको विशेष धार्मिक महत्त्व छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णु आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा योगनिद्रामा जानुहुन्छ र चार महिनापछि आजकै दिन निद्राबाट जाग्नुहुन्छ। यही विश्वास का आधारमा यस दिनलाई देवोत्थान एकादशी भनिएको हो। हिन्दु परम्पराअनुसार भगवान् विष्णु शयन गर्नुभएको चातुर्मास अवधिमा विवाहलगायतका शुभ तथा माङ्गलिक कार्यहरू गरिँदै नन्। भगवान् विष्णु जागेपछि अर्थात् आजको एकादशीदेखि विवाह, व्रतबन्धलगायतका माङ्गलिक कार्यहरू पुनः प्रारम्भ गर्ने चलन छ। आजकै दिन तुलसी र भगवान् विष्णुको प्रतीक शालि ग्रामको विवाह गरिदिने परम्परासमेत छ।तर समय संगै समाजमा धार्मिक मान्यता र परम्परालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै गएको छ। हिन्दु धर्मभित्रकै कतिपय सम्प्रदाय र आधुनिक चिन्तन राख्ने मानिसहरूले यस परम्परालाई प्रश्न गर्ने गरेका छन्। उनीहरू को स्वाभाविक प्रश्न छ– भगवान् विष्णु वा अन्य देवी – देवताहरू पनि मानिसजस्तै सुत्छन् र जाग्छन् ? के ईश्वरलाई निद्रा लाग्छ ? वास्तवमा यस्ता धार्मिक कथन र परम्परालाई शाब्दिक अर्थमा मात्र बुझ्ने कि तिनको प्रतीकात्मक तथा सांस्कृतिक महत्त्वलाई पनि आत्मसात् गर्ने भन्ने कुरा आ–आफ्नो चिन्तन र विश्वासमा निर्भर रहन्छ। परम्पराको सम्मान गर्नु र त्यसलाई विवेकको कसीमा जाँच्नु एकअर्काका विरोधी कुरा होइनन्। तर आजको दिनले मलाई एउटा अर्को प्रश्न पनि गर्न मन लाग्यो। धार्मिक मान्यताअनुसार चार महिनादेखि शयन गर्नुभएका भगवान् विष्णु त आज जाग्नुभयो। तर हाम्रो देश र समाजमा वर्षौंदेखि निदा एको चेतना कहिले जाग्ने होला? भ्रष्टाचार, बेथिति, नातावाद–कृपावाद, दण्डहीनता, सामाजिक विभेद र राजनीतिक स्वार्थको निद्राबाट हामी कहिले ब्युँझने होला? अन्याय देख्दा पनि मौन बस्ने हाम्रो प्रवृत्ति कहिले बदलिने होला? अधिकारका लागि आवाज उठाउने तर आफ्नो कर्तव्यप्रति उदा सीन रहने हाम्रो सोचमा परिवर्तन कहिले आउने होला? देवता जागेपछि माङ्गलिक कार्यको साइत खुल्छ। तर देश र समाज को भाग्य बदलिन देवता जाग्नु मात्र पर्याप्त छैन, नागरिकको चेत ना, विवेक र जिम्मेवारी पनि जाग्नुपर्छ। किनकि देश बदल्ने शक्ति कुनै अलौकिक चमत्कारमा होइन, जागरुक नागरिकको सोच, साह स र कर्ममा निहित हुन्छ। आज देवोत्थान एकादशीका दिन सुतेका देवता त जागे, अब प्रश्न यति मात्र हो कि हाम्रा नेपाली नेपालवासी कहिले जाग्ने? अन्त्यमा हरि बोधनी एकादशीको सबैमा शुभकामना











Leave a Reply