भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरभित्रको टौमढीदेखि नासमनासम्म आठ वटा खाद्य तिहारलाई मध्य नजर गरी अनुगमन गरियो । तिहारमा बारुद्ध पटका बेचविखन रोक्न र तिहारमा आवश्यक पसल पाकेट अखाद्य र गुणस्तरहिन र मुल्यबृद्धि गरी बेचविखन रोक्न अनुगमन गरेको संयोजक गोराले बताउनु भयो ।
त्यस्तै बि कोल्ड स्टोर र एल एन यु टे«ड कन्र्सनमा पसल दर्ता नभए दर्ता गर्न र दर्ता भए नविकरण गर्न साथै पसलमा देखिने गरी दर्ता प्रमाणपत्र राख्न र पसल व्यवस्थित गर्न निर्देशन दियो । त्यस्तै साख स्टोर पसल दर्ता नभएकोले तिहार पछि तीन दिन भित्र दर्ता गर्न, म्याद नाघेको सामान सनड्रप जुस १, स्पाइट १, एपि जुस २ वटा जफत गरी नष्ट गरियो । त्यस्तै उषा साखको खुद्रा पसलको सामान पेटी र पेटी मुनि नराख्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कुमारी रानामगर, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।










