भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंह क्षेत्र बा¥ह वटा खाद्य पसलहरुमा बजार अनुगमन भयो । दशैंमा कालाबजारी र बजारमुल्य जथाभावी महंगो मुल्यमा विक्रिवितरण नियन्त्रण गर्न बजार अनुगमन गरेको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा ज्ञानलाल साखकर्मीको किराना पसलमा म्याद नाघेको सामानहरु सोना पापड–१ पाकेट, वर्लिनो २ पाकेट, खोर्सानी ६ पाकेट, बेसार ३ पाकेट, धुलो धनिया ८ पाकेट, जिरा १ पाकेट, साल्टी विस्कुट १ पाकेट जफत गरि नष्ट गरियो भने पसल फोहर देखिएकोले सरसफाइ गर्न र व्यवस्थित गर्न निर्देशन दियो भने पसल दर्ता प्रमाणपत्र नदेखाएकोलेले तराजु एक थान जफत गरेकोमा पैसा तिरेको रसिद देखाएपछि तराजू फिर्ता दियो ।
त्यस्तै हाईष्ट्रिट क्याफे फाष्टफुड एण्ड रेष्टुरेन्ट दर्ता नविकरण गर्न, फोहर कुहिने र नकुहिने छुट्याएर अलग अलग राख्ने प्रणालीमा जान जोड दिनुभयो । तस्तै ब्रम्हायणी फलफूल पसल दर्ता नविकरण गर्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिन, खरिद विक्रि प्यान विल प्रयोग नक्कल राख्न निर्देशन दियो । त्यस्तै अनमोल फ्रुट सेन्टर दर्ता नभएकोले त्यहि दर्ता गराई सरसफाईमा ध्यान दिन र पसल व्यवस्थित गर्न निर्देशन दियो । त्यस्तै देगइना किराना पसलमा तराजू डिजिटल प्रयोग गर्न सुझाब दियो । त्यस्तै ब्रम्हायणी मसला पसल दर्ता नविकरण गर्न, मुल्यसुचि राख्न, प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न र ढक तराजू नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । त्यस्तै साधारण रेष्टुरा“ मिठाइ पसल दर्ता नविकरण गर्न, मिठाई रंग धेरै नराख्न र मापदण्ड अनुसारमात्र राख्न, सरसफाई नियमित गर्न निर्देशन दियो । त्यस्तै नवदुर्गा एण्ड चाट हाउस दर्ता नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, मिठाई जाली छोप्न निर्देशन दियो । त्यस्तै लक्ष्मी स्वीट्स एण्ड मिठाई पसल मिठाईमा रंग बढी नराख्न र मापदण्डअनुसार मात्र राख्न, मिठाई जालीले छोपेर राख्न, गुडपाकमा लेबल नभएकोले प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, नियमित सरसफाई गर्न, दर्ता प्रमाणपत्र लिई नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै न्यू दोलखा मिठाई भण्डारमा ढक तराजू नापतौल विभागमा नविकरण गर्न, त्यति तेलमा थपिथपि धेरै पटक पकाए रेनएसिड बढ्ने भएकोले धेरै पटक नपकाउन, मिठाई जालीले छोप्ने र नियमित सरसफाई गर्न निर्देशन दियो । त्यस्तै गणेश बहादुर साखकर्मीको खाद्य स्टोर तीन दिन भित्र वडा कार्यालयमा दर्ता गर्न, ढक तराजु नविकरण गर्न, साइनबोर्ड राख्न, मुल्य सुचि राख्न निर्देशन दियो । रविन किराना स्टोरमा ढकतराजू नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू,महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक श्रीयंका बस्नेत, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघका पंचकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलश्वरी खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।










