काठमाडौं । काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत बुधबारबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो ।
प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत बन्दाबन्दीका बेला पनि निरन्तरता दिदैँ आएको छ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण ९रिचार्ज० कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ । शाक्यले ती कार्यलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ। एम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ ।
शिक्षा बिभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।
रेडियो शिक्षा कार्यक्रमलाई विस्तार र स्तरउन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ । त्यस्तै कार्यक्रमको मुल्याङ्कन र प्रभावकारिता बिश्लेषणका लागि प्रबधिमा आधारित प्रणाली बिकास गरिनेछ । अहिलेको कार्यक्रम शैक्षिक सत्र २०७७ को अन्तिम नतिजा समेत प्रकाशन गर्ने लक्ष्यसहित सुरु गरिएको विभागको भनाई छ ।
रेडियो शिक्षा कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षकहरुले गर्नुहुनेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नुहुनेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन मा। वि। का प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन मा। वि। का प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको छ ।









