भक्तपुरः भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकास्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको सातौं अधिवेशनसहितको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा सचिव सत्यराम थुयाजूले आ.व. ०८२÷८३ को प्रगति प्रतिवेदन र आ.व. ०८३÷८४ को कार्यक्रम, कोषाध्यक्ष रामप्रसाद मचामसीले आ.व. ०८२÷८३ को आर्थिक प्रतिवेदन र आ.व. ०८३÷८४ को बजेट, ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले आ.व. ०८२÷८३ को ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले आ.व. ०८२÷८३ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनहरु माथि छलफलसँगै सदस्यहरुबाट उठेका प्रश्नहरुको सम्बन्धित पक्षबाट जवाफ दिएपछि सभामा प्रस्तुत प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ । यसैगरी, लेखापरीक्षक रमेश थापा श्रेष्ठले तयार गरेको संस्थाको आ.व. ०८२÷८३ को लेखापरीक्षण प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
त्यसैगरी, सभाबाट आ.व. २०८३÷८४ को लेखापरीक्षण गर्न आर.टी.श्रेष्ठ एन्ड एसोसिएट्सका रमेश थापा श्रेष्ठलाई लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण, आ.व. ०८२÷८३ को शेयर लाभांश कोषबाट सदस्यहरुलाई करसहित १५ प्रतिशतबराबर शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट नियमानुसार रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित गरेको छ ।
सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनअनुसार आ.व. ०८२÷८३ मा संस्थाको कुल सम्पति २८,८८,७५,५२१।७२ पुगेको छ । संस्थाको शेयर पुँजी २,०८,५३,७०० रुपैयाँ, जगेडा तथा अन्य कोषहरु ६,६५,३३,९३९।५४, बचत १९,९३,८५,५६३।८३ पुगेको छ । यसैगरी, सदस्यहरुलाई प्रवाह गरेको ऋण २४,३१,२४,४९० रुपैयाँ रहेको छ भने उक्त आ.व. मा संस्थाले ९६,४४,१११।९८ खुद बचत गरेको छ ।
नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन
सभाबाट रामप्रसाद मचामसीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको उपाध्यक्षमा नारायणभक्त थुयाजू, सचिवमा रविन्द्र न्हेम्हाफुकी, कोषाध्यक्षमा रविन बासुकला निर्वाचित भएका छन् । यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा हरिगोपाल बासुकला, रामकेशरी न्हेम्हाफुकी, जयराम छुकाँ, न्हुछेबहादुर कासिछ्वा र राजु बनमाला निर्वाचित भएका छन् ।
सभाबाट राजाराम छुकाँको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको छ । समितिको सदस्यहरुमा राजकुमार न्हेम्हाफुकी र रामप्रसाद न्हेम्हाफुकी निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक राजेन्द्रकुमार साखकर्मीले जानकारी दिए ।
सयपत्री साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा मचामसी निर्वाचित












Leave a Reply