भक्तपुरमा तीन फरार प्रतिवादी पक्राउ

फैसला कार्यान्वयनका लागि

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक १० गते जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये डाँका मुद्दाका एक जनालाई दुई महिना सात दिन कैद र १२ हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, बैंकिङ कसुरका दुई जनालाई जनही दुई वर्ष कैद सजाय तोकिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले उक्त जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *