भक्तपुरका तीन कक्षाका विद्यार्थी विभुको ‘विभुको डायरी’ सार्वजनिक

भक्तपुर । तीन कक्षामा अध्ययनरत एकजना साना छात्रले लेखेको एउटा पुस्तक आइतबार भक्तपुरमा विमोचन गरिएको छ । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा कक्षा ३ मा अध्ययनरत विभु कर्माचार्यले लेख्नुभएको ‘विभुको डायरी’ नामक डायरी पुस्तकको विमोचन गरिएको हो ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तक ११० पृष्ठको छ ।
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले पुस्तकमा छात्र बिभुले दैनिक लेख्नुभएको दैनिकी समावेश भएको जानकारी गराउनुभयो । उहाँंले पुस्तकमा लेखक छात्रले एकदिन बाबु आफूसँंग रिसाउँंदाको क्षणको मार्मिक घटना रहेको सुनाउनुभयो । त्यसदिन म रोएँं, उहाँंले लेख्नुभएका विषयवस्तु उल्लेख गर्दै प्रिन्सिपल राजभण्डारीले भन्नुभयो, त्यो दिन मलाई मेरो मामु र दिदीले सम्झाउनुभयो र मेरो रुन बन्द गरें तर मेरो मन गहुँंगो भइरहयो । त्यसकारण बालकालिकासँंगको व्यबहारमा गम्भीरता अपनाउनुपर्ने उहांँले बताउनुभयो ।
विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुल अन्तर्गत सञ्चालित दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको थियो । सोही समापन कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।
भाद्र २० र २१ गते सञ्चालित क्याम्पमा कब स्काउट आठ, ब्राउनी आठ, गल्र्स स्काउट २० र ब्वाय स्काउट १५ गरी कुल ५१ जना स्काउटको सहभागिता रहेको थियो । क्याम्पमा विद्यार्थीलाई नेतृत्व, सहकार्य, अनुशासन र जीवनोपयोगी सीपसँग सम्बन्धित विभिन्न गतिविधिमा सहभागी गराइएको थियो ।
क्याम्पको उदघाटन एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र कमलादेवी अमात्य राजभण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो । उदघाटन समारोहमा विद्यार्थीको सर्वाङ्गीण विकासमा स्काउट गतिविधिको महत्वका साथै नेतृत्व र अनुशासनको आवश्यकताबारे जोड दिइएको थियो ।
क्याम्प अवधिमा मेमोरी गेम, सर्वधर्म सभा र सामूहिक कार्य लगायतका गतिविधि सञ्चालन गरिएको थियो। ती गतिविधिमार्फत सहभागी विद्यार्थीले समूहमा काम गर्ने, जिम्मेवारी वहन गर्ने, निर्णय गर्ने, समस्या समाधान गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यवहारिक अभ्यास गरेका थिए।
सर्वधर्म सभामार्फत विभिन्न धर्म, संस्कृति र परम्पराप्रति सम्मान तथा सहिष्णुताको भावना विकास गर्न जोड दिइएको थियो भने सामूहिक कार्यले विद्यार्थीमा आपसी सहयोग, जिम्मेवारीबोध र सहकार्यको भावना विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
क्याम्पको समापन समारोहमा स्काउटका उच्च पदाधिकारी तथा एभरेस्ट स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, कमलादेवी अमात्य राजभण्डारीको उपस्थिति रहेको थियो।
समापन समारोहमा सहभागी विद्यार्थीका अभिभावकलाई स्काउटको उद्देश्य, महत्व र गतिविधिबारे जानकारी गराइनुका साथै विद्यार्थीले क्याम्पमा सिकेका विषय, सीप तथा अनुभवबारे समेत जानकारी गराइएको थियो। सो अवसरमा सहभागी सबै विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालयका अनुसार क्याम्पले विद्यार्थीमा नेतृत्व, अनुशासन, आत्मविश्वास, सहकार्य, सामाजिक उत्तरदायित्व तथा आपसी सद्भाव विकास गर्न सहयोग पु¥याएको छ। कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने भएकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आगामी दिनमा पनि स्काउटसम्बन्धी गतिविधिलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *