बालकोटबाट दुई फरार कैदीबन्दी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले चोरी मुद्दामा फरार रहेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागार कार्यालयबाट फरार भएका कैदीबन्दीलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो।

प्रहरीले २०८३ कात्तिक १० गते सूर्यविनायक नगरपालिका–३, बालकोटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश स्थायी घर भई हाल ललितपुरको सातदोबाटोमा बस्दै आएका २८ वर्षीय जितेन्द्र पोदार र २० वर्षीय चन्दन गिरी रहेका छन्।

पक्राउ परेका दुवै जनालाई कात्तिक ११ गते नख्खु कारागार कार्यालय, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दीपककुमार कार्कीले उक्त जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *