धर्म, दर्शन र विज्ञान बारे शिक्षकहरू बीच छलफल

जेन्युइन स्कुलमा

भक्तपुर, कार्तिक ८ । जेन्युइन सेकेन्डरी स्कुलको आयोजनामा आइतबार धर्म र विज्ञान सम्बन्धमा शिक्षकहरू बीच प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका सभापति तथा विद्यालयका पूर्व प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले विज्ञान र प्रविधिको विकास नभएको तत्कालीन परिस्थितिमा आफ्नो जिज्ञासा मेटाउन विभिन्न मानवशास्त्री तथा दर्शनशास्त्रीहरुले प्रतिपादन स्वरुप धर्मको प्रयोग गर्दै आएको बताउँदै मध्यकालीन युरोपको विकास सुरु अघि नै विज्ञानको प्रयोग र विकासमा रोमन साम्राज्यको पटनपछि चर्चका पादरीहरुले शिक्षा सँगै आआफ्नो नीतिनियम बनाएर धर्मको प्रचारप्रसार भएको बताउनुभयो । उहाँले ग्रीक युनानी सभ्यताको विकासमा प्लेटो सुकरात जस्ता दार्शनिकले कला संस्कृतिको विकासमा भएको विज्ञानका डाटा तथ्यांक सभ्यता ढलेपछि छरपस्ट भएको पुनः युरोपबाट पुन जागरण भएको बताउँदै भारतको मगढ राज्यमा मुसलमानहरुको आक्रमणपछि भागेर आएका बाैद्धमाग्रीहरुको पुस्तक भक्तपुरको साकेठामा सुरक्षित हुनु तत्कालीन नेपालको लागि पुनः जागरण भएको चर्चा गर्नुभयो । कार्यक्रमका सहजकर्ता सुरेश परियारले धर्म र विज्ञान सम्बन्धमा चोरी पाप जस्ता त्यागेर आनन्दित हुने निजी आस्थाको रुप लिइ आफ्ना जिज्ञासा मेटाउने कर्मकाण्डको स्रोतको रूपमा धर्म रहेको बताउँदै विज्ञानले सटीकता, वास्तविकता र प्रमाणलाई विधिपूर्वक सीपलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले धर्मको नाउँमा आफूलाई उच्चस्तरको मान्नेहरु अरुको प्रश्नको जवाफ दिन आवश्यक मान्दैनन् विश्वासलाई सबैले मान्नुपर्ने अवस्था रहेको तर विज्ञानले अवलोकन, परिक्षणलाई जोड दिइन्छ भन्नुभयो । उहाँले प्रविधिको प्रयोग अत्यधिक प्रयोग गर्ने परिपाटीको विकास भएको अवस्थामा प्रविधि प्रयोग सम्बन्धि नीतिनियम बारे चासो नरहेको तथा सत्ता र शक्तिमा रहेका मानिसले आम मानिसको लागि राम्रो कुरा गर्नेहरुलाई अन्यायपूर्ण अभिव्यक्ति दिन समेत पछि नहट्ने बताउनुभयो । उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल राजन धाैभडेलले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *