“तिहारलाई स्वागत” गर्दै बोलको नयाँ गित रचना रिमाल र राहुल श्रेष्ठले भर्खरै बजारमा ल्याएका छ्न । उक्त नयाँ गितको म्यूजिक भिडियो समेत रिलिज गरिएको छ। तिहारको अवसर पारेर देउसी – भैलोलाई समेटेर तिहारमा गरिने तथा मनाउने विभिन्न क्रियाकलापलाई समेटेर सन्देशमूलक बनेको छ। अहिले व्यवसायिक गितको होडबाजी चलिरहेको बेलामा सन्देशमूलक गित पस्कनु आफैमा सकारात्मक पक्ष हो। गितले कला संस्कृती , परम्परा जोगाउदै भावी पुस्तालाई सिकाउदै पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्ने आसय देखिन्छ। तिहारमा गरिने पशुपन्छिको पुजादेखी लिएर दाजुभाइ र दिदिबहिनीको सद्भाव, प्रेमभाव दर्साउन खोजिएको छ साथै सबै नेपालीहरुमा तिहारलाई स्वागत भन्दै शुभकामना प्रदान गर्न खोजिएको छ। यस गितले देउसी – भैलो खेली भातृत्वभाव राखी कला संस्कृती, समाजिक परम्परालाई जोगाईदै लैजानुपर्छ भन्ने स्पष्ट सन्देश दिएकोछ। गित तथा म्यूजिक भिडियो एकदमै राम्रो बनेको र सबैले मन पराउने निर्माण पक्ष विश्वस्त छ। यस गितमा गायिका रचना रिमाल र गायक राहुल श्रेष्ठ स्वर दिएकाछ्न भने सङ्गित रसन वन्तवा र राहुल श्रेष्ठको रहेको छ। साथै यश गितलाई विरेन्द्र मालाकार र पुरू लम्सालले रचना गरेकाहुन। गित सन्देशमूलक भएकोले कथालाई समेट्नुका साथै द्वन्दका दृष्य समेत समेटिएको छ। दर्शकलाई भरपुर मनोरन्जन दिन निर्माण पक्ष चनाखो भएको देखिन्छ। यस गितको म्यूजिक भिडियोमा राहुल श्रेष्ठ , रेजिना बन , रित बहादुर श्रेष्ठ , कविता श्रेष्ठ , दोर्जे लामा र सविता श्रेष्ठको प्रमुख अभिनय रहेको छ। अन्तमा, यस गित तथा म्यूजिक भिडियोमा राहुल श्रेष्ठको बहूप्रतिभा देख्न पाईन्छ किनकी गायक, नायक, सङ्गीत, कोरियोग्राफी, द्वन्द तथा निर्देशन समेत गरेकाहुन। साथै निर्माता समेत हुन।
तिहारलाई स्वागत” गर्दै रचना रिमाल र राहुल श्रेष्ठ










Leave a Reply