दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा अनुगमनः यस्तो देखियो अवस्था

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन गरियो । होटल प्रिशा एण्ड क्याफे गार्डेन मुल्य सुचि राखी दर्ता नविकरण प्रमाणपत्र नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।कान्तिपुर गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा गेष्ट हाउसमा बस्नेहरुको परिचय खोल्ने नागरिकता वा अन्य परिचय पत्रको फोटोकपि लिई रेकर्ड राखी मात्र बस्न दिने निर्देशन दियो ।गण्डकी गेष्ट हाउस नविकरण गर्ने र सेवाग्राहीको विवरण व्यवस्थित राख्ने निर्देशन दियो ।
होटल रेसुङ्गा एण्ड थकाली किचेनमा गेष्ट हाउस संचालन भएको देखिएकोले गेष्ट हाउस पनि दर्ता गर्न निर्देशन दिई, नविकरण नभएकोले नविकरण गर्न, भान्छामा फोहर कुहिने र नकुहिने छुट्याएर राख्न निर्देशन दियो ।
न्यू भक्तपुर गेष्ट हाउस ३ बर्षदेखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिई गेष्ट हाउस फोहर देखिएकोले सफा गर्न निर्देशन दियो ।
स्याङ्गजा पोखरा गेष्ट हाउस विना दर्ता तीन बर्ष अगाडिदेखि संचालन गरिराखेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिई फोहर भएकोले सफा गर्न र भान्छा फोहर र अव्यवस्थित भएकोले व्यवस्थापन गर्न निर्देशन दियो भने अनैतिक कृयाकलापमा संलग्न जोडीलाई प्रहरीको जिम्मा लगायो ।
बागलुङ्ग कालिका गेष्ट हाउस तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर र रिता फसिकवा सहित भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, जिल्ला प्रहरी परिसर भक्तपुरका कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धरको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *