आस्था थियटरमा एकमात्र नेपाली भाषाको ख्याल: तन्त्र टाब्लेट प्रदर्शन

भक्तपुर, १३ साउन । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने रामशेखरया ख्याल: ब्वज्याको पाँचौ दिन बुधबार आस्था थियटरमा एकमात्र नेपाली भाषाको ख्याल: बाल बिकास ईङ्गलिस स्कुलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल : प्रदर्शन भएको छ । बाल बिकास ईङ्गलिस स्कुलले प्रस्तुत गरेको उक्त ख्यालको निर्देशन रवि प्रजापतिले गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखु तथा व्यवस्थापन उद्वव कोण्डाले गरेको थियो । प्रस्तुत ख्याल:ले नयाँ परिवर्तनको नाउँमा शिक्षा, स्वास्थ्य तथा विधुतमा लगाईएको कर, विभिन्न समयमा भएको प्रजातन्त्रको हरण, जेन्जीको नाउँमा निमुखा प्रति गरिएको अन्यायपूर्ण व्यवहार तथा प्रशासनले गर्ने पक्षपाती पूर्ण व्यवहार मनपरि तन्त्र चोरीपैठारी एवं महंगीप्रति व्यंग्य गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले रामशेखर नकर्मीको रचना ३ दशक अघि भए तापनि नयाँ पुस्ताले ख्याल: को मर्मलाई बुझेको बताउँदै प्रजातन्त्र स्थापनापछि व्याप्त भ्रष्टाचार र कमिसनतन्त्रमा सोझा व्यक्ति पनि परिस्थितिले खतरामा रुपान्तरण गर्ने बताउनुभयो । प्रहसनपछि रंगकर्मी तथा बालकथाकार टंक चाैलागाईले प्रस्तुत ख्याल: ले मार्मिक विषयमा दर्शकको प्रतिक्रियालाई समेत मध्यनजर गरि कलाकारहरूले संयमता अपनाएको आभास गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त भट्टराईले विभिन्न समयको क्रान्तिले जन्माएको प्रजातन्त्रमा सर्वसाधारण जनताको लागि अहिलेसम्म पनि देखावटीपन रहेको बताउनुभयो । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु मध्ये बुधबारसम्ममा पाँचवटा ख्याल:हरु प्रदर्शन भइसकेको छ । रामशेखरया ख्याल: ब्वज्याको पाँचौं दिन साउन १३ गते नेपाली नेपाली भाषामा प्रस्तुत गरिएको तन्त्र टाब्लेट नामक ख्याल: साताैं दिन साउन १५ गते शुक्रबार श्रमिक साकोसले नेपालभाषामा प्रदर्शन गरिनेछ । आज छैटौं दिन प्रभात माविको खुँ नामक ख्याल प्रदर्शन हुनेछ । ख्याल :को अवलोकनका लागि विद्यार्थी, समालोचक, साहित्यप्रेमी, अभिभावक परिवारसहित दर्शकहरूको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *