विद्यालयस्तरीय खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता भदौ ५ मा

भक्तपुर, साउन ३१। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा (सापारु २०८३) को अवसरमा यही भदौ ५ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता हुँदैछ । प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, शैक्षिक तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्न सकिने आयोजकले जनाएको छ ।  कक्षा १ देखि ८ सम्मको आधारभूत तह तथा कक्षा ९ देखि १२ सम्मको मावि तहका विद्यार्थीहरू बीच शुक्रबार बिहान १०:३० बजे देखि १२:३० बजेसम्म हुने कार्टुन प्रतियोगिताको दिन नै पुरस्कार वितरणसमेत हुनेछ ।  प्रतियोगितामा सहभागिताको लागि भक्तपुर जिल्लाभरका विभिन्न विद्यालयहरूले समयमै नाम दर्ता गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *