भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले १४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ साल साउन ३० गते राति करिब ९ः५० बजे चाँगुनारायण नगरपालिका–९ स्थित ताथली पुलमा बनेपाबाट च्याम्हासिङतर्फ आउँदै गरेको बा.प्र.०२–०६१ प ९५६९ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा मोटरसाइकलमा बोकी ल्याइएको १४ किलो गाँजा बरामद भएपछि मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद गाँजासहित पक्राउ परेका दुवै जनामाथि लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। २०८३ साउन ३१ गते जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।












Leave a Reply