मुर्कट्टाहरु र उनीहरुले आयाेजन गरेकाे लाखे नाँच ( ३ )

यज्ञ कार्की
गुण्डु –७ भक्तपुर ।
मुर्कट्टा बन्न नचाहने र अलिअलि बुद्धि भएकाहरुलाई उनीहरुले संकेत स्वरुप याे भने कि यस बिषय बुद्धि नखियाउनु अन्यथा बहुला घाेषित गरिदिने छाै अनि त नबहुलाए पनि बहुमतले मानिसकेपछि साच्चै बहुलाउन पुगाैला हाेश गर । मनलागे लाग नलागे चुपचाप बस यसैमा
तिमीहरुकाे कल्याण छ । तब बाकीरहेका सत् मार्गीहरु डराए
र चुप लाग्नु कल्याण हाे भन्ने ठाने । केही समयकाे अन्तरालमा
भने सैतान र मुर्कट्टा बिचकाे आन्तरिक हान थाप हुन थाल्याे
हुन त मुर्कट्टा भन्दा सैतान धेरै बलशाली थियाे तर पनि उसले
मुर्कट्टाकाे कमजाेरी र नचाहिदाे बेढंगीपनकाे शुत्रहरु जम्मा पारिरह्याे । त्याे मुर्कट्टा र सैतान बीचकाे बृहत चालकाे घेरा भित्र परिसकेकाे जस्ताे देखा परिरह्याे । यी सब छर्लङ्ग हुन जरुरी थियाे तर हुन सकेन किन ? तसका बिबिध कारणहरु छन स बिस्तार पछि ब्याया सहित लेखाैला ।
हाम्रो सनातनी बस्ती भन्नेहरुकाे मुख हेराै ती सबै मुर्कट्टा भै सकेका थिएनन त ? एक आधार त्यहि हाे । एक पटक त क्या सुन्दर चेहरा लाग्दथ्याे जब मुर्कट्टाका आयाेजकले आयाेजना गरेका नाँचमा हेर्नमात्र हैन लाखे बन्नै तयार भए तब उनीहरुकाे
चेहरा बिरुपाक्ष भयाे र मन दुषित बन्याे किनकी त्याे नाँचकाे बिषेशता नै त्यहि थियाे त्याे नै चित्र बृतीले देखाई
सक्याे । काेई काेई मुर्कटा बनेकाहरु चाहिँ बाकि बन्न नचाहने वा नसक्ने जतिका अगाडि “साै मुसी खाई बिल्ली चलि हज करने के लिए ” भने झै देखाउदथे ,याे पनि उनीहरुकाे चाल थियाे । याे ब्यापार कसरी चलिरहेकाे छ त्याे उनीहरु बाहेक अरु कसैलाई थाह थिएन । यी ब्यापारका अपार कलाहरु हेर्ने मानव जीव हुँ भन्ने जति चाहिँ छुट्टै मनाेरञ्जनमा
व्यस्त थिए र ,कहिले कहिँ धेरै जसाे उनीहरु त्यहि बस्तिमा
मुर्कट्टाले बनाएका किचकन्ने प्रती रम्न लालायत थिए । याे थियाे दाेश्रो कारण । किच्कन्नेहरु मनमनै भन्दथे तेरा कुरा इस
तेरा यी सब भुस यथार्त यहि बन्दै गईरहेकाे थियाे त्याे बस्तीमा
यसाे भन्दा बाकी “आदि “लाई भने यसाे भन्दा तीनीहरुले बाकीलाई बहुलठ्ठक ,वा साईक्याटिककाे दर्जा भिराउन थालेका थिए तर स्वयं ती भने मनाेग्रस्त राेगले गाँजिई सकेकै थिए । हामी अब एकपटक पश्चिमा दार्शनिककाे भनाई पट्टी जाउँ ।
अरस्तुले भनेका थिए ” जसरी राेग लागेपछि त्यसकाे उपचार गरिन्छ त्यस्तै प्रकार क्रान्तिकाे कारण पश्चात् संविधान बन्दछ
त्यहा त्यस पछि संविधान बचाउने उपाए पनि हुनेछ ” तर अरुले बनाई दिएर ल्याईएकाे संविधानमा त्यस्ताे नहुन सक्छ ।
त्य बस्तीमा जब नाचँका आयाेजकहरु ले संबिधानका कुरा ल्याए तब भने मुर्कट्टा र शैतानमा हाेडवाजी कस्ले भने मुताविक काे संविधान ल्याउने ? लामाे समयसम्म संविधान बिहिन अबस्थामा बस्तिमा मुर्कट्टाहरुका आयाेजकहरुले लाखे नाचँ भने चालुराख्न छाडेनन
लाखे नाँच हेरेर मनाेरञ्जन लिन पल्केकालाई के थाह ?
नाँच कसरी चलाईएकाे छ र त्यस्काे सुत्राधार के थियाे ? त्याे शैतानलाईमात्र थाह थियाे । बाकी अनभिज्ञ थिए ।
क्रमस: ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *