यज्ञ कार्की
गुण्डु —-७ भक्तपुर ।
यसरी बिस्तारै बिस्तारै त्यहाँ पनि मुर्कट्टाहरुले सहाएक निर्देशकहरु तयार पारि मुर्कट्टाकाे चाैथाे दर्जाकाे लाखेहरुले पाउने सुख साधन र शक्ति मुर्कट्टा बन्न तयार हुनेहरु जतिका ती बस्तिका विवेकहिन, संम्वेदनशिल हिन र अमानव हुन चाहने लाेभि, लालची र पापीहरुलाई एकत्रित पार्दै लैजान थाले ,त्यस समयकाे दाैरानमा धेरै मुर्कट्टाहरु तयार बनिसकेका थिएनन ।
अब मुर्कट्टकाे प्रमुखले अर्काे नँया याेजना तयार पार्न मुल -भुत कार्यक्षेत्र र कार्य निति बतायाे त्याे थियाे भाैतिक बिकाश र त्यस्कालागि उसबाट खाेलिदिने संस्थाहरु र त्यसमा नियुक्त प्रमुखहरु तिनै मुर्कट्टा बन्न तयार लाेभानी , पापानीमा परेका उद्दत मानिस छान्न थाल्याे यसरी प्रथम कार्य सुरु हुन पुग्याे र त्यहाँ अन्य मानिसहरु पनि संलग्न हुन चाहे भने फलस्वरूपः अन्य केही मानवहरु आकर्षित हुँदै गएर मुर्कट्टाकाे आज्ञा पालन गर्न निडर भै स्वंयम् मुर्कट्टा बन्न तयार भएर नजिकिन तयार हुँदै भन्न थाले –के गर्नु पर्दछ त्यस्कालागि मुर्कट्टा महाेदय ? मुर्कट्टाकाे प्रमुखले लाखे नाचँका आयाेजकलाई भन्न थाल्ने नाँच हेर्नू पर्दछ र बिराेध गर्न पाईदैन भन्नु जब पुरै चाैथाे दर्जाकाे मुर्कट्टा बनाईएपछि भने नाँचमा भाग लिनु पर्दछ छ मंजुर भनी साध्नु ?
अब फर्काै २०४२ तिरकाे समयल गणना हिसाबले साना ठुलागरि नब मुर्कट्टाहरु ७०, ७२ हजार बनाई सकेका थिए तत् अबस्थासम्ममा समय निरिक्षण गरि मुर्कट्टाकाे दाेश्रो दर्जाकाे सहाएक नाईके त्याे बस्तिमा प्रबेश गर्याे र खुलेआम एक भेला आयाेजना गराई भन्नथाल्याे याे हाम्रो जस्ताे सुख अन्त कतै छैन र यस्मा लाग्ने जतिकाे भविष्य सुनिश्चित छ नभए हामी बनाई दिनेछाै याे हामीले बनाउन थालेकाे खेल मैदानमा हाम्रो साथ दिनु पर्छ उसका ती बचनले प्रभाबित बनेका सबै मुर्कट्टाका चाैथाे दर्जामा रहन चाहने ( चित्र बिचित्रका त्यस बस्तीका मानव जीव ) जति एकै ठाँउमा जम्मा भएर लगाए अहर्याएकाे मान्ने कट्टीबद्दता बक्त्त गरे तब नब आगन्तुक मुर्कट्टालाई भव्य स्वागत पनि गरे तर त्यस बखतसम्म उसलाई थाह थिएन कि उ भन्दा पनि ठुलाे शैतान चाहिँ नचिकै बसेर हेरिरहेकाे छ र उसले पनि ठुलै शक्ति लगाएर आफ्ना सेनाहरु तयार पारिसकेकै छ ।
मुर्कट्टाकाे त्याे आयाेजनामा सहाएक मुर्कट्टाले भन्याे हामी अब एक हुनु पर्दछ र मानव समाजकाे ,सभ्यता , परम्परा ,रिति थिती सब भाडनु पर्दछ जसले गर्दा ती मुर्कट्टा बन्न नरुचाउनेका लागि कठिन समय आवाेस , बाध्यता सिर्जित गराएरै भएपनि हामी पट्टी लाग्दै आउन, हाम्रो नाँच हेर्न मन गरून् र तारिफ गर्न थालुन तबमात्र बाकीलाई पनि नाँच हेर्न लगाई नाँचमा र सम्मिलित गराउन सकीने छ । करतल ध्वनिकासाथ त्याे प्रस्ताव पारित भै कार्यगत एकतामा गै कार्यान्वयन गरिने त्यहाँ उपस्थित सबैले प्रतिबद्दता जनाए ।
सग्ला शिर भएकाहरु जाे लठ्ठक थिए , उनीहरुकाे हरिविजाेग हुने निश्चित भयाे किनकी उनीहरु जुधारु प्रवृत्तिका थिएनन र तन्त्र बिध्यामा पाेख्त पनि थिएनन र ती सब निरीह बराबर नै बन्न पाउनुमै खुस थिए । यस रण युद्दमा नजिककाे शैतानले जुन याेजना लिईराखेकाे थियाे त्याे त झन अति नै गाेप्य थियाे “तीमी मेहनत गर म फल खान्छु” भन्ने उसकाे दाँउ थियाे ,सुरुमा अलिकति फल चाँख तिमी अरु त पछि हामी चाख्छाै उसकाे त्यहि दाँउ मा उ माैकालाई
पर्खिरहेकाे थियाे ।
अब हा -हा कारले गुंञ्जाएमान बनाउने खेलमा मुर्कटटाहरुले
खेल आयाेजना त गरे तर त्याे बस्तिकाे मुल मानवले भने उनीहरुकाे भनाईलाई मान्न तयार भएन र राजनितीकाे युद्दमा ती केही नगण्य हरुमात्र लागेका थिए तापनि धेरैनै मानव जमात भएपनि मुर्कट्टाकाे भयले आकान्त भई अरु उनीहरुका सर्त मान्न तयार भएनन यसरी त्यस बस्तीमारहनेहरु दुई कित्तामा बाडँफाडँ बन्न पुगे तत्पश्चात नाँचका केही केही कलाहरु सुरु भएता पनि कला भनेकाे कला नै हाे भन्दै नाँचमा सैतानले पनि हेरिरहेकै थियाे नजिकबाट ,”जय बाेलाे मुर्कट्टाकी राजकाे ” भन्न थालीसकेकाहरुका जमात र बुझेरै लागेका हुन भने अन्य नाँच हेर्न नचाहनेहरु जतिले बुझ्ने कला नहेरे पनि थाह पाएनन ।
याद राख्न जरुरी देखिन्छ नहेर्नेले बढि बुझ्नु है
क्रमस:। २०८३/ ०७/ २३ गते साेमवार ।












Leave a Reply