हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध र विभिन्न गायक–गायिकाहरूद्वारा स्वरबद्ध आध्यात्मिक गानहरूको सङ्ग्रह ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ सार्वजनिक गरिएको छ । सहदीप पलाञ्चोकेले सङ्कलन गर्नुभएको र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशन गरिएको यस पुस्तकमा आफ्नै रचनामा हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध २१ वटा गानहरू सङ्कलित छन् । त्यसबाहेक अरूका रचनामा हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध ९ वटा गानको सूची पनि यसमा राखिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा यही २०८३ कार्तिक १४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पुस्तकका सङ्कलक सहदीप पलाञ्चोके र कवयित्री तथा गायिका कालिका त्रिपाठी पन्तले संयुक्त रूपमा यस पुस्तकको सार्वजनिकीकरण गर्नुभएको हो ।
आध्यात्मिक गानको नयाँ पुस्तक सार्वजनिक












Leave a Reply