चार नबज्दै पुग्यो खम्ये ब्रम्हायणीमा

भक्तपुर । भक्तपुरको खम्ये जात्रा यो वर्ष चाँडै सकिएको छ । दिउँंसो साढे तीन बजे द्योछेंबाट निकालिएको खम्ये चार नवज्दै ब्रम्हायणी पुगेको थियो ।
दसैंको मुख्य आकर्षण खम्ये जात्रा आज साँझ भक्तपुरमा सम्पन्न भएको हो । खम्ये (महिषासुरको प्रतिक मानिने ठूलो राँगो) लाई दौडाएर जात्रा सम्पन्न भएको हो । भक्तपुरको नवदुर्गा द्योछें (देवता घर)मा पालेर राखेको राँगोलाई भक्तपुरको ब्रम्हायणीसम्म दौडाएर जात्रा मनाइएको हो ।
नवदुर्गा घरमा राखिएको खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योछेंबाट दौडाएर व्रम्हायणी पीठसम्म पु¥याइन्छ र नवदुर्गालाई आजै राति बलि चढाइन्छ । यसको भोलिपल्ट विजया दशमीको दिन भोलि)यहाँं दिनभर ठूलो मेला लाग्ने गर्दछ ।
अष्टमीको रातलाई कालरात्रि भनिन्छ । कालरात्रिको पूजा झन् विशिष्ट हुने त्यहाँ संलग्न हुने व्यक्तिहरू बताउँछन् । सो रात निकुथुँ अर्थात् ३२ गुणले युक्त निक्खर कालो राँगो खम्यलाई बली दिइन्छ ।
भक्तपुरको तलेजु भवानीसँग सम्बन्धित यस जात्राले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई जीवन्त बनाउँदै आएको छ । दसैंको महानवमी तथा विजयादशमीको अवसरमा मनाइने खम्ये जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो । यस जात्रामा खम्ये अर्थात् ठूलो राँगोलाई विशेष धार्मिक विधिअनुसार पूजा गरी जात्रा सञ्चालन गरिन्छ । तलेजु भवानीको धार्मिक परम्परासँग जोडिएको यस जात्रामा स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहने गर्छ । जात्रा हेर्न खम्ये दौडाउने बाटोभरि हजारौको भीड लागेको देखिएको थियो ।
भक्तपुरका परम्परागत जात्रा तथा पर्वहरूले यहाँको सांस्कृतिक पहिचानलाई जोगाउनुका साथै पुस्तान्तरण गर्दै आएका छन् । खम्ये जात्रा पनि धार्मिक विश्वास, परम्परागत विधि र सामुदायिक सहभागिताको प्रतीकका रूपमा रहँदै आएको छ । खम्ये जात्रा सम्पन्न भएसँगै भक्तपुरमा दसैंसँग सम्बन्धित महत्वपूर्ण सांस्कृतिक गतिविधिमध्ये एक पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *