भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं पूर्व सांसद् प्रेम सुवालले ठूला राजनीतिक दलका ठूला नेताहरुमा भएको राजनीतिक अडानको कमीले देश यो भयावह अवस्थामा पुगेको बताउनुभएको छ । सेवा निवृत शिक्षक समाज भक्तपुरले विहीबार भक्तपुरमा आयोजना गरेको दसै शुभकामना आदानप्रदान तथा शैक्षिक अनुभब पूर्णांक १९ को विमोचन कार्यक्रममा उहाँंले राजनेताहरुमा अडान हुनुपर्ने बताउनुभयो ।
भदौ १९ को जेन्जी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विहान मात्रै राजीनामा दिन्न भनेर भन्ने अनि दिउँंसो भागेर १२ दिनसम्म बेपता भएको स्मरण गर्नुभयो । विश्वका ठूलाठूला नेताहरुको जीवन पढेर संघर्ष गरेका नेताहरुमै यस्तो राजनीतिक अडान छिनछिनमा फेर्नु देशकै दुर्भाग्य भएको उहाँंले बताउनुभयो । यही कारण देशमा अहिले ७० प्रतिशत मानिसको दैनिक गुजारा चलाउनै समस्या भएको अध्ययन काठमाडौं विश्वविद्यालयले हालै सार्वजनिक गरेको उहाँंले बताउनुभयो । उहाँंले अव देश बनाउन युवालाई विदेश होइन, स्वदेशमै राख्नुपर्नेे आवश्यकता पनि औंल्याउनुभयो ।
कार्यक्रम समाजका अध्यक्ष अम्विकामान मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक सदस्य नाति कवां, सदस्यहरु धीर्जबहादुर कायष्ठ, सजीव था श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रेम सुवालको प्रश्नः विहान राजीनामा दिन्न भन्ने अनि दिउँंसो भाग्ने ?












Leave a Reply