वातावरण संरक्षण मञ्च भक्तपुरको साधारणसभा सम्पन्न

सत्यराम कासिछ्वा

भक्तपुर, असोज २८

वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजना मा उद्योग वाणिज्य संघको सभाहलमा २१ आैं साधारणसभा सम्पन्न भयो । वातावरणविद् डा.उकेसराज भुजुले प्लास्टिकजन्य पदार्थको अत्यधिक प्रयोग र खपतबाट स्वच्छ वातावरण बिग्रेर संसारमा जुनसुकै क्षेत्रमा भएको वातावरणीय प्रदुषण नेपालका हिमालमा पर्दा प्रकृतिले समयसमयमा दिएको प्राकृतिक चेतावनीबाट हामी सजग र सचेत हुनुपर्ने बताउँदै हरेक विकास निर्माण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिई स्थानीय स्रोत साधनको प्रयोगलाई जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा आतंकजन्य समाचार प्रस्तुतिले समाजमा नकारात्मक असर पर्ने गरि त्रसित गर्नुको विकल्प खोजी गरि सजग र सचेतताका लागि प्रक्षेपण गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरण संरक्षणका लागि मनकारी दाताको सहयोगमा गरिएको विभिन्न गतिविधि संचालन बारे जानकारी दिँदै आव २०८२/८३को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । मञ्चका कोषाध्यक्ष श्यामबहादुर माकजुले मञ्चको आव २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । मञ्चका महासचिव मणिराम लामिछाने, डा. विनोद भट्ट, प्राध्यापक नवीन नारायण मुनंकर्मी, उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णमुरानी न्याैपाने, उद्योग तथा वाणिज्यका प्रमुख रामप्रसाद कुस्मा, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष अनिता पाण्डे लगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *