भक्तपुर, २६ असोज । तौलाछें-९, भक्तपुरमा स्थित योगदान बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राधे लक्ष्मी लाखाजुको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक बुद्ध लक्ष्मी प्रजापतिज्युको आतिथ्यतामा २५ औं बार्षिक साधारणसभामा सहकारी संस्थाले जति प्रगति हुने पर्ने हो त्यति हुन नसके पनि संस्थाको नियमित गर्नु पर्ने काम गरिरहेको छ । सामुदायिकमा आधारित योगदान सहकारी संस्थाले सोचेको भन्दा राम्रो गर्न नसके पनि संस्थाले नराम्रो कुरा सुन्न नपरेको नै संस्थाको राम्रो पक्ष हो। प्रमुख अतिथिले सहकारीको २५ वर्षे रजत यात्राको सफलताको शुभकामना दिँदै स्थानीय स्तरमा आर्थिक सशक्तिकरण, सर्वसाधारणमा बचत गर्ने बानीको विकास र साना व्यवसायीहरूलाई बिना झन्झट ऋण प्रवाहमा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। आर्थिक तथा वार्षिक प्रतिवेदन: सभामा संस्थाका सचिव राम चन्द्र प्रजापतिले आ व २०८२/०८३ को वार्षिक कार्यप्रगति तथा भावी रणनीति प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षले आर्थिक २०८२/०८३ को आय-व्यय विवरण र आव २०८३/०८४ को बजेट पेस गर्नुभयो। कार्यक्रमका अवसरमा संस्थामा उत्कृष्ट बचतकर्ता, नियमित ऋण चुक्ता गर्ने ऋणी तथा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। संस्थाकी अध्यक्ष राधे लक्ष्मी लाखजुले संस्थाको बार्षिका कार्ययोजना तथा पांच बर्षेको कार्यक्रम योजना तर्जुमा अनुसार संस्थाले आशचित प्रगती भएको कुरा जानकारी गर्नु भयो । समापन मन्तव्य दिँदै संस्थाका अध्यक्षले विगत २५ वर्षदेखि निरन्तर विश्वास र साथ दिने सम्पूर्ण सेयर सदस्य, नियमनकारी निकाय तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ। साधारण सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति शेयर सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
योगदान बचतको २५ औँ वार्षिक साधारण सभा सम्पन्न












Leave a Reply