भक्तपुर, २४ असोज
क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनुभएको छ । अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो । यसअघिको पनि सदस्यबाहेकका पदाधिकारीहरु उही नै हुनुहुन्थ्यो ।












Leave a Reply