भक्तपुर दरबार क्षेत्रमा १५० जनाले बाँसुरी बजाउने, १३० जनाको नृत्य रहने

भक्तपुर, २४ असोज । ‘पीखुकगु नेपालभाषा साहित्य तःमुंज्या’ तथा सांस्कृतिक ब्वज्याको विशेष प्रचार-प्रसारका लागि भक्तपुरमा बृहत बाँसुरीबाजा तथा नृत्य प्रदर्शन आयोजना हुने भएको छ।

आयोजकका अनुसार उक्त विशेष सांस्कृतिक कार्यक्रम भोलि, असोज २५ गते शनिवार (नेपाल सम्बत ११४६ कौलाथ प्रतिपदा) साँझ ४:०० बजे भक्तपुर दरबार क्षेत्रस्थित सिलुमहादेव मन्दिर परिसरमा आयोजना हुनेछ।

सांस्कृतिक बाजा तथा नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा एकैसाथ १५० जना बाँसुरी बाधकहरुले धुन प्रस्तुत गर्नेछन् भने १३० जना नृत्यकारहरुको भव्य नृत्य प्रस्तुति रहनेछ।

प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईका अनुसार स्थानीय कला, संस्कृति र नेपालभाषा साहित्यको प्रवर्द्धनका लागि यो कार्यक्रम विशेष आकर्षणको रूपमा रहनेछ। आयोजक समितिले सम्पूर्ण सञ्चारकर्मी, संस्कृतिप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई समाचार संकलन तथा अवलोकनका लागि हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *