सिपाडोलमा ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा ज्येष्ठ नागरिक सम्मान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

सिपाडोल क्षेत्र परोपकार समाजको आयोजनामा शनिबार २०८३ असोज २४ गते आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो।

समाजले “सबै प्राणीको जय होस्, सबैको मङ्गल होस्, तपाईंको लागि हामी, हाम्रो लागि तपाईं” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *