भक्तपुर । धारिलो हतियार देखाई ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ अनन्तलिङ्गेश्वर खड्कागाउँस्थित बा २ ज ८६४२ नम्बरको ट्याक्सीका चालकलाई खुकुरी र चक्कु देखाई नगद तथा मोबाइल लुटपाट गरी फरार भएका उनीहरूलाई प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका–७ गठ्ठाघर बस्ने १९ वर्षीय सौरभ मगर, काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरेका ३० वर्षीय निलकुमार बस्नेत, दोलखा कालिञ्चोक गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि–७ गठ्ठाघर बस्ने २० वर्षीय अथिति गजमेर र रामेछाप मन्थली नगरपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने १९ वर्षीय नबिन राउत रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई २०८३ असोज २१ गते डाँका चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।









Leave a Reply