मध्यपुर थिमि – मध्यपुर थिमि नपा ६ चपाचोस्थित थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष कृष्ण बहादुर प्रजापतिले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले थिमि स्वावलम्बन साकोसको हालसम्मको आर्थिक एवं सामाजिक गतिविधिको बुदाँगत जानकारी दिदैं शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका सचिव विनोद प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष दिलकृष्ण प्रजापतिले हालसम्मको आर्थिक तथ्यांक प्रस्तुत गर्नुभएको थियो । लेखा संयोजक रामचन्द्र प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु, विभिन्न सांस्कृतिक खलः, एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरु एवं संस्थाका कर्तव्यनिष्ट शेयर सदस्यहरुलाई पनि उपहार सहित सम्मान गरिएको थियो । कमेरोटार स्थित एभेरेष्ट पार्टी प्यालेसमा भएको उक्त साधारणसभामा शेयरसदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
थिमि स्वावलम्बनको १९ औं वार्षिक साधारण सभा







Leave a Reply