फरार चार जना पक्राउ

फैसलाअनुसार

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार रहेका चार जनालाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।

प्रहरीका अनुसार २०८३ असोज १९ गते जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएका व्यक्ति हुन्।

पक्राउ परेकामध्ये दुई जना बैंकिङ कसुर मुद्दाका रहेका छन्। उनीहरूलाई जम्मा चार दिन कैद र रु. २ लाख १२ हजार ८ सय जरिवाना तोकिएको छ। त्यस्तै, मानव बेचबिखन मुद्दाका एक जनालाई एक वर्ष एक महिना २२ दिन कैद र अभद्र व्यवहार मुद्दाका एक जनालाई रु. २०० जरिवाना तोकिएको प्रहरीले जनाएको छ।

चार जनाको कुल कैद सजाय एक वर्ष एक महिना २६ दिन तथा जरिवाना रु. २ लाख १३ हजार रहेको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *