भक्तपुरमा विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर, १२ असोज । अदालतको फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी टोलीले असोज १२ गते खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीका अनुसार पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दाका ४ जना र चेक अनादर मुद्दाका ३ जना रहेका छन्।

अदालतले बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरूबाट कुल १३ दिन कैद र १४ लाख ३६ हजार ७५० रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दाका प्रतिवादीहरूबाट १ वर्ष कैद र १ हजार रुपैयाँ जरिवाना असुल गर्न फैसला गरेको थियो। पक्राउ परेका ७ जनाबाट कुल १ वर्ष १३ दिन कैद र १४ लाख ३७ हजार ७५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *