मुुपात्र अर्थात् कही नभएको भक्तपुरको जात्रा

भक्तपुर । नेपालीमा एउटा भनाई छ, कही नभएको जात्रा हाडीगाउँमा । ठिक यस्तै भक्तपुरमा पनि यस्तै एउटा जात्रा छ, मुपात्र जात्रा । यहाँं कही नभएको मुुपात्र जात्रा हुने गर्छ । यो ८ रात ९ दिन चल्ने भक्तपुरको इन्द्रजात्राको क्रममा हुने गर्दछ । भक्तपुरको इन्द्र जात्राको सबैभन्दा आर्कषण परम्परामध्ये मुुपात्र जात्रा एक हो ।
को हो मुपात्र ?
मुुपात्रलाई शक्तिशाली र भयानक राक्षको स्वरुपको रुपमा प्रस्तुुत गरिन्छ । यसलाई स्थानीय भाषामा धिचा भनिन्छ । दुुई सहयोगीले साथ दिन्छन् उनलाई । जात्राको क्रममा शहरको गल्लीहरुममा उनीहरु तरबार बोकेर हिड्छन् । अनुहारमा विभिन्न रंग पोतेर हिड्छन् । आर्कषक राक्षक पोशाक लगाएर यात्रा गर्छन् ।
कहाँबाट निकालिन्छ ?
भक्तपुरका पुराना पत्रकार कृष्ण प्रजापतिका अनुसार यो जात्रा तीन दिन चल्ने गर्दछ । उनका अनुसार भक्तपुरमा मुपात्रलाई तीन तीन छुटाछुटै ठाउँहरुबाट निकालिने प्रचलन छ । पहिलो दिन भक्तपुरको दत्तात्रयको सकुलान गणेश मन्दिरबाट मुपात्रा निकालिन्छ । दोस्रो दिन भक्तपुरको दरवारस्क्वायरबाट । तेस्रो अर्थात अन्तिम दिन भक्तपुरको टौमढीस्थित भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्ने गरिन्छ । यो साँझसाँंझको समयमा निकाल्ने परम्परा रहेको छ ।
यो जात्रा इन्द्रजात्राको छैठौं दिनदेखि तीन दिन लगालग निकाल्ने गरिन्छ । यो वर्षको इन्द्रजात्रा बुधबारदेखि सुरु भएको थियो । यस हिसावले यो वर्षको यो जात्रा १२ गते सोमबारदेखि सुरु हुँंदैछ ।
मुुपात्रले के के गर्छ ?
भक्तपुरमा तीन दिन निकालिने मुुपात्रको मुुख्य काम इन्द्रजात्राको क्रममा भक्तपुरको टोलटोलमा ठहराइएको यमद्यो अर्थात इन्द्रको छोराको प्रतीकको रुपमा ठड्याइएको लिंगोलाई सजाय दिने रहेको छ । जात्रा अनुसार चोर भनेर समातेर टोलटोलमा राखेको यमद्योहरुलाई लगातार तीन दिन तरवारले तीन पटक हानेर जाने प्रचलन रहेको छ । यसरी नै यो जात्राको क्रममा भक्तपुरका टोलटालमा ठहराइएका सबै यमद्योलाई मुपात्रले तीन चोटी परिक्रममा गरेपछि तरवारले तीन पटक नै प्रहार गर्ने चलन छ ।
यामताको पछिपछि मुपात्र
भक्तपरका जात्रापे्रमी स्थानीय राजभाई माकले भक्तपुरमा मुुपात्रसँगै याँमता पनि जोडिने बताउनुुभयो । जुनदिन याँमता निकालिन्छ, त्यही दिन मुपात्रा पनि निस्किने उहाँले बताउनुुभयो । उहाका अनुसार याँमता ननिकालेसम्म मुपात्रा निस्कँंदैनन् ।
स्थानीय भाषाको यामताको अर्थ (आकाश दीप) हो, जुन दुुईवटा हुने गर्दछ । यामता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । त्यसपछि मुपात्र जात्रा निकालिने गरिन्छ । मुपात्रलाई यमद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।
भक्तपुरको याँमता र मुपात्र इन्द्रजात्राको छैठौं दिन अर्थात आश्विन कृष्ण दितीयाका दिनबाट निकालिन्छ । पहिलो पटक भक्तपुर नगरपालिकाको वडा न ९ सकुलान टोलका मानन्धर समुदायले यो निकालिन्छ । नजिकैको दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिबाट एक जोडा यामता (आकाश दीप) निकालिने गरिन्छ र त्यही यामताको पछिपछि मुपात्रा लैजाने गरिनछ ।
जात्राको सातौं अर्थात मुपात्र जात्राको दोस्रो दिन आश्विन कृष्ण तृतीया बेलुका भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीको मानन्धर समुदायको याँमता निकाल्ने चलन रहेको छ । गोल्मढी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । यस दिन गोल्मढीको मानन्धर समुदाय छुमा गणेश कहाँ गएर सुकुना (सुकुन्डा) बालेर आइसकेपछि जात्राको आठौं अर्थात मुुपात्र जात्राको तेस्रो दिन आश्विन कृष्ण चौथीमा भक्तपुर नगरपालिका वडा नं २ तेखापुुखुुका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुन्दा बालेर ल्याउँने र त्यही सुकुन्दामा भक्तपुर नगरपालिका वडा नं ४ स्थित बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता (दुुईवटा) बालेर नगर परिक्रममा गराइने गरिन्छ ।
को बन्छ मुुपात्र ?
भक्तपुरको इन्द्रजात्रामा निकालिने मुुपात्र नेवार समुुदायको स्थानीय नभई उपत्यका बाहिर विकट ठाउँका व्यक्तिलाई बनाइने प्रचलन रहेको गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचायले जानकारी दिनुभयो । जात्रामा मुपात्र बन्ने व्यक्तिको जात जाने र खानापानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको मानिन्छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । यसकारण मुपात्र बन्ने व्यक्ति हतपत भेटाउन सकिंदैन । यही कारण उहिलेदेखि नै उही मानिसलाई नै ज्याला दिएर मुपात्रा बनाउने गर्दै आएको कार्यालय प्रमुख कर्माचार्य बताउनुहुन्छ । वर्षाैदेखि उही मानिसलाई ज्याला दिएर ललाईफकाई मुपात्र जात्रा चलाइरहेको उहाँं बताउनुहुन्छ ।
मारे पनि कुनै कानुुन लाग्दैछ
गुुठी संस्थान सूर्यविनायक भक्तुरका प्रमुख आनन्द कर्माचार्यले टोलटोलका यमद्यो स्थानीय टोलबासीले ठहराइन्छ । तर ३ दिन लगातार निस्किने अर्थात मुुपात्र जात्रा (मुुपात्र) अर्थात् दैत्य गुुठी संस्थानबाट व्यवस्थापन गरिने उहांँले बताउनुुभयो ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायक सहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई नगर परिक्रमा गराउने प्रचलन रहेको उहाँले बताउनुुभयो । सो मुुपात्र प्राय पहिला भइरहेका व्यक्तिहरुलाई गुठी संस्थानले सम्पर्क गरेर ल्याउने गरेको उहाँले बताउनुुभयो । मुपात्र बन्नु एकदम जोखिमपुर्ण काम रहेको उहाँले बताउनुुभयो । जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मा¥यो भने पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने जनविश्वास रहेको उहाँले बताउनुुभयो । त्यसैले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकाल्ने परम्परा चलिआएको उहाँले बताउनुुभयो ।
के हो पुुलुकिसी जात्रा ?
पुलुकिसी जात्रा भक्तपुरको इन्द्रजात्राको मुख्य आकर्षण हो । यो जात्रा लामो इन्द्रजात्राको अन्तिम साँंझ हुने गर्दछ । यो दिन भक्तपुर नगरपालिका वडा नं ५ लाकुलाछें टोलबाट पुुलुकिसी निकाल्ने गरिन्छ । लाकोलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी पुलुकिसी तयार गरिन्छ । यसलाई बोकेर मानिसले परिक्रमा गर्न सुरु गरेको हुन्छ । लाकोलाछेँबाट यसलाई तमारीमा लगिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु हुन्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
यस्तो छ इन्द्रजात्राबारेको इतिहास
कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार येन्यापुन्ही (इन्द्रजात्रा) को अर्थ इन्द्रको जात्रा हो । लोककथन अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्नका लागि पारिजातको फूल आवश्यकता भएको हुन्छ । तर स्वर्गमा नपाएपछि इन्द्रले आफ्नो छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाउँछ । फूल खोज्दै जाने क्रममा दैत्यहरूको बगैंचामा परिजात फूल टिप्दै गरेको हुन्छ । त्यहीबेला राक्षसहरूले जयन्तलाई पक्राउ गरिन्छ । त्यसपछि दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राखेको हुन्छ । यो कुराको चाल पाएर इन्द्र छोरा जयन्तलाई राक्षसहरुको चंगुलबाट छुटाउन प्रयास गर्छ । यसका लागि इन्द्रले आफ्नो बहान हात्ती लिएर राक्षसहरूसँग युद्ध गर्न पृथ्वीमा पुग्दछ । युद्धमा राक्षसलाई हराएर उनीहरूकै हातबाट डोरी काट्न लगाई छोरा जयन्तलाई छुटाएर लैजाने धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख भएको डा केसी बताउनुहुन्छ ।
इन्द्रजात्राको यमद्य
भक्तपुरको इन्द्रजात्रा भक्तपुर नगरका टोलटोलमा यमद्य ठडाएर सुरु हुन्छ प्रत्येक वर्ष । हप्ता दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन भक्तपुर नगरपालिका क्षेत्रका २१ टोलहरुमा २१ वटा यस्ता लिंगोहरु उठाइएको हुन्छ । यद्यपि प्रत्येक वर्ष यो संख्या घट्दो रहेको बताइन्छ ।
स्थानीय टोलबासी मिलेर यसरी यम द्यः उठाउने गरिन्छ । परम्परा अनुसार यो वर्ष स्थानीय टोलबासीले यम द्यः बिहीबार उठाएका छन् । करिव २० देखि ३० हात अग्लो हात भएका यम द्यःहरु नगरका ठाउँठाउँमा ठड्याइएका हुन् । नगरको सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायतका ठाउँठाउँमा यस्ता यम द्यो उठाइएका छन् । यी सवै भक्तपुर नगरका मुख्य बजारका बाटाहरु हुन् । यसवर्ष भक्तपुरमा मुपात्र जात्रा असोज १२ गते सुरु भएर १४ गते समापन हुँदैछ । रेणु त्वानाबासु रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *