डा. इन्दुल केसी, जसका विषयमा रचियो “दुई थुँगा पूmल” रचनाकार डा. सत्यमोहन जोशी, जुन तीस भाषामा अनुवादित भएर प्रचार–प्रसार भयो, तीस भाषाको एउटै पुस्तक शब्दयात्रा प्रकाशनबाट धेरै जतिला एआई र गुगलको सहायता लिईएको पनि बुझियो । यसको लागि ई. रोशन मञ्जुश्री अधिकारीको महत्वपूर्ण संलग्नताले सफल हुन पुगेको महसुस भयो ।
यसै विषयलाई लिएर शुभकामना दिने सिद्धिश्वर मान अक्षलोक साहित्यिक केन्द्र कि संरक्षक डा. सावित्रि श्रेष्ठको स्वर्णिम साहित्यिक शब्द स्मरणिय छ । सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा.लि. कोटेश्वर काठमाडौं, पुष्पपराग साहित्यिक प्रतिष्ठान, लोकन्थली, भक्तपुर, सत्प्रयास नेपाल, भक्तपुरले समेत यसलाई दिईएका शुभकामनाले सुनमा सुगन्ध थपेको छ ।
यो पुस्तक पत्रकार एवं साहित्यिक व्यक्ति श्री ज्ञानमणि नेपाल “कालो टोपी”ले आफ्नो सम्पादकीयमा आफू समाचार लेखन पट्टी बढी सक्रिय भएपनि पहिलो पल्ट साहित्यिक लेखनलाई कलम बढाएको हुँदा कमजोरी हुनसक्छ भनी डराई–डराई सम्पादन गरेको भने पनि उहाँको डराएको कलम मैले चाहिँ अब्बल ठाने ।
१०३ वाषिएय ३÷३ पटक मदन पुरस्कार प्राप्त गर्नुभएका डा. सत्यमोहन जोशीले साहित्य सेवी डा. इन्दुल केसीको विषयमा “दुई थुँगा फूल” शीर्षकको कविता लेखी उहाँको विद्वता, सरलता, भावुकतालाई उच्च सम्मान दिएर, साहित्य संसारमा एक खुड्कीलो माथि उचाली दिनुभएको छ । यस्ता गहकिला साहित्यिक सर्जकको म जस्ता व्यक्तिले कलम चाल्नु भनेको सूर्यलाई बत्ति देखाउनु हो । बत्ति नि भएपनि औंशीको काहाली लाग्दो रातमा झुलुक्क हुँदा, थोरै नि भएपनि उज्यालोको महँसुस हुन्छ । यस्तै–यस्तै ठानेर मैले डा.केसीले यस उमेरमा अझ एक दुई किर्ति थपी साहित्य जगतमा योगदान पु¥याई रहनु हुनेछ भन्ने आशा बोकेको छु । डा. इन्दुल केसीको शुभेक्ष्यु ।
००००
शुभ सम्झना












Leave a Reply