१९ वर्षपछि पक्राउ

भक्तपुर, ३० भदौ । सवारी ज्यान सम्बन्धी कसुरमा विगत १९ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छपक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ११ घर भई ५२ वर्ष उमेरका राजन भन्ने यमनाथ चालिसे रहेका छन्

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार वि.सं. २०६५ जेठ २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ स्थित सानोठिमी सडक खण्डमा सवारी दुर्घटना भएको थियो। उक्त घट्नालगत्तै फरार रहेका चालिसेको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले मंगलबार (भदौ ३० गते) मध्यपुर ठिमी–६ बाट उनलाई फेला पारी पक्राउ गरेको हो

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका चालिसेमाथि सवारी ज्यान सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *