मध्यपुर थिमि, भाद्र २७ गते। आदर्श रोभर–रेञ्जर क्र्यूको आयोजनामा सम्पन्न प्रथम नगरपालिकाव्यापी धर्मसभा प्रतियोगिता–२०८३ मा बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिको बिनायक स्काउट ट्रुप प्रथम हुन सफल भएको छ। मध्यपुर थिमि नगरपालिकाभित्रका १२ विद्यालयका २४ वटा प्याट्रोलबीच भएको यस प्रतियोगितामा ट्रुप लिडर तुलज प्रजापतिको नेतृत्वमा सहभागी बिनायक स्काउट प्याट्रोलले “एकदिन त जाने हो, संसार छोडेर” शीर्षकमा भावपूर्ण भजन प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। यस सफलताले विद्यार्थीहरूको प्रतिभा र सिर्जनात्मक क्षमतालाई मात्र उजागर गरेको छैन, अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य, जिम्मेवारीबोध तथा आध्यात्मिक र सांस्कृतिक मूल्यप्रतिको सम्मान विकास गर्न पनि महत्वपूर्ण योगदान पुर्याएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी असल संस्कार, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व भएका सक्षम नागरिकका रूपमा विकास गर्न प्रेरित गर्दछ। विजेता बिनायक स्काउट ट्रुपलाई मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा मध्यपुर स्काउटका प्रमुख स्काउट श्री विजयकृष्ण श्रेष्ठज्यूले प्रमाणपत्रसहित ट्रफी प्रदान गर्नुभएको थियो। बिनायक परिवारको हार्दिक बधाई तथा शुभकामना! विद्यार्थीहरूको प्रतिभा, अनुशासन र नेतृत्व विकासका लागि यस्ता मूल्यमा आधारित अतिरिक्त क्रियाकलापलाई निरन्तर प्रोत्साहन गर्दै जानेछौँ। शिक्षा, संस्कार, सीप र नेतृत्व—बिनायकको प्रतिबद्धता।
स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम












Leave a Reply