भक्तपुर, भदौ २४ गते । रसुवामा आएको बाढीबाट प्रभावित पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले २५ हजार रुपैयाँ सहयोग गरेको छ । समाजकातर्फबाट प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गर्ने गरी उक्त रकम भक्तपुर नगरपालिकामार्फत हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष अम्बिकामान मानन्धरले आज भक्तपुर नगरपालिकालाई २५ हजार रुपैयाँको चेक प्रदान गर्नुभयो ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतमा सहयोग पु¥याउने उद्देश्यले समाजले आफ्नोतर्फबाट सहयोग रकम उपलब्ध गराएको अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउन समाजले आफ्नो सामाजिक दायित्वअन्तर्गत रकम प्रदान गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकामार्फत प्राप्त रकम प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गरिने जनाइएको छ । समाजले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ ।












Leave a Reply