बाढीपीडितका लागि भक्तपुर लायन्स क्लबद्वारा राहत सामग्री हस्तान्तरण

भक्तपुर, भदौ २२ गते । भक्तपुर लायन्स क्लबले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

नेपाल स्काउट, बागमती प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय भक्तपुरलाई लायन्स क्लबले संकलन गरेको राहत सामग्री एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो।

लायन्स क्लबबाट प्राप्त राहत सामग्री स्थानीय प्रमुख आयुक्त तथा भक्तपुर नगरपालिकाका बालकृष्ण बनमालालाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताइएको थियो।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका प्रतिनिधि, नेपाल स्काउट, बागमती प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय भक्तपुरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

बाढीपहिरोजस्ता प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न संघसंस्था तथा सामाजिक संस्थाहरूले राहत तथा उद्धारका कार्यमा सहकार्य गर्दै आएका छन्। सोही क्रममा भक्तपुर लायन्स क्लबले पनि बाढीपीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *