काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित संगीत तथा नाट्य विधाका कलाकर्मीहरूको प्रारम्भिक सूचना संकलन प्रक्रिया अगाडि बढाएको छ।
प्रतिष्ठानको मिति २०८३ भाद्र १५ गते सोमबार बसेको बैठकको निर्णयानुसार तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा तनहुँ जिल्लामा प्रभावित भएका कलाकर्मीहरूको विवरण संकलन गर्न लागिएको हो।












Leave a Reply