भोटेकोशी बाढीपीडितका लागि चाँगुनारायणको ५० लाख ३५ हजार सहयोग

नबराज काफ्ले

भक्तपुर,भाद्र १२

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चाँगुनारायण नगरपालिकाले ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको नगर कार्यपालिका वैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा,चितवन लगायत बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार सहयोग रकम स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि तथा कर्मचारी र चाँगुनारायण नगरपालिकाका शिक्षकहरूबाट जुटाइनेछ । विपद्का बेला राज्यका विभिन्न तहका सरकारबीच सहकार्य र प्रभावित नागरिकप्रति मानवीय उत्तरदायित्व आवश्यक हुने सन्देशसमेत यस निर्णयले दिएको छ। नगरपालिकाले तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *