सतिश महर्जन एकल साँझ भव्य हुँदै  

कीर्तिपुर, भदौ ४ गते । चर्चित गजल गायक सतिश महर्जनको भदौ ६ गते हुने एक साँझका लगभग सबै टिकट विक्री भइसकेको आयोजकले बताएका छन् ।
बिहीबार यहाँस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले जानकारी दिनुभयो ।
भदौ ६ गते दिउँसो २ः३० बजेदेखि ६ बजेसम्म हुने हुने एकल साँझमा महर्जनले नेपाली र नेपालभाषामा करिब १८ वटा एकल प्रस्तुती दिनुहुनेछ ।
केन्द्रले उहाँलाई ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नेछ । यसअघि संगीतकर्मी गोविन्द ह्यूमतको एकल साँझ, कीर्तिपुर संगीत महोत्सव, रसना महर्जन एकल साँझ, लोककवि राजभाई जकःमि अभिनन्दन, योगेश वैद्य स्मरण कार्यक्रम आदि आयोजना गरिसकेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा गायतक महर्जनले सयौँ गीतबाट आफ्ना उत्कृष्ट गीतलाई गोलाप्रथाबाट छानेको जानकारी दिनुभयो ।
करिब तीन दशकजति कला साधनामा लागेर यसअघिका एकल साँझ भन्दा यो प्रस्तुती चुनौतिपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
गायक महर्जनलाई गायिकाहरु रीता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, एकता महर्जन, सरिता शाही र राफेला महर्जनले साथ दिनुहुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *