महेश सिंह
२०४६ साल बाट सरकारी सेवामा प्रवेश गरेका अमर सिंह थारुले शुक्रबार सेवाबाट अबकास प्राप्त गरेका छन्।सेवा अबधिमा कुनै किसिमको जाल झेल र कार्बाहीको भागेदार नबनी इमानदारीता पुर्वक जनताको हित सेवा प्रदान गरेको आफुले गर्भ गरेका थिए।प्रमुख प्रमुख अतिथि वडा अध्यक्ष जय प्रकाश ठाकुरले धुर्व सत्य हो सरकारी सेवामा प्रवेश गरी सक्दा एक दिन अबकास हुनुपर्छ भने कुरा हामी सबैलाई अबगत भएकै कुरा हो।
सेवा निबृत हुनु भएका सरलाई पुनः सल्लाह सुझावको अपेक्षा गर्दै स्वास्थ क्षेत्रको सेवा जनतालाई प्रभाकारी होस् भने कर्मचारी मित्रहरूमा अझै सल्लाह सुझावको खाचो रहेको चर्चा गर्दै लामो जिवनको सुभकामना दिदै भब्य बिदाई गरेका थिए।
बिदाई कार्यक्रममा धनगढीमाई नगरपालिकाको स्वास्थय शखा प्रमुख स्थानीय स्कुलका प्र.अ.बलराम भक्त, नेकपा एमालेका नेता तथा समाजसेवी राम कुमार साह, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रदिप दहाल,लगायत स्वास्थकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको स्वास्थ चौकीमा कार्यरत ममता महतोले जनाए।उपस्थित सम्पुर्ण सहभागीले थारुलाई खादा दोस्ला फुलको माला अबिरको टिका लगाएर स्वागत भब्य बिदाई गरेका हुन्।
