यस वर्षको गुँला पर्व स्थगित
भक्तपुर । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्युनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिका क्षेत्रमा महिनैपिच्छे जस्तो हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको सन्दर्भमा यही साउन ६ गतेदेखि एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष स्थगित गर्ने निर्णय ग¥यो ।
कार्यक्रममा सहभागी गुँला बाजाका प्रतिनिधिहरुले गुँला पर्वमा भक्तपुर बाहिरबाट पनि सहभागी हुने हुँदा यसले थप जोखिम बढाउने भन्दै यस वर्ष गुँला पर्व नमनाउने विषयमा सकारात्मक रहेको बताउनुभयो । उहाँहरुले सरकारले लगाएको लकडाउनलाई पालना गर्ने पक्षमा रहेको बताउनुभयो ।
सरोकारवालाहरुको बैठकमा विश्वकर्मा गुँला बाजं खलः, साकोलान गुँला धलं, कोनेया गुँला बाजंका प्रतिनिधिहरुको सहभागिता थियो ।








