भक्तपुर । भक्तपुरको भजन संस्कृति पुनः सुरु हुन थालेका छन् । भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साझविहान गाइने भजन संस्कृति पुनः गाउन थालिएका हुन् । यसअघि लकडाउनसँंगै यस्तो भजन गाउँंन पनि बन्द भएका थिए ।
भक्तपुर नगरपालिका वडा नं ३ नासमनाको ब्रम्हपुर चोकमा भजन गाइएको हो । श्यामसुन्दर राश भजन भजन मण्डल नासमना भक्तपुरको अगुवाइमा लकडाउनपछि पहिलो पटक त्यहाँं भजन गाइएको हो । श्रीमती सावित्री केसीको प्रायोजनमा त्यहाँं भजन गाइएको हो । भजनका लागि कृष्णभजन मण्डल चुपिंघाटका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।
भजनका प्रायोजनकर्ता श्रीमती केसीले लकडाउनसँंगै बन्द हुन थालेको भजन संस्कृतिलाई पुनः जागरुक बनाउन आफनो व्यक्तिगत खर्चमा लकडाउन खुकुलो भएसँंगै भजन गाउन लगाइएको जनाइन् । भजनकर्मीलाई चिया, नास्तालगायतका खर्च आफूले व्यहोरी भजन गाउन लगाएको उनले जनाइन् । कला संस्कृतिले धनी भक्तपुरको भजन संस्कृतिलाई जीवन्त राख्न सहयोग होस् भनेर आफूले भजन गाउन लगाइएको उनले जनाइन् ।
श्यामसुन्दर राश भजन भजन मण्डल नासमनाका सचिव विक्रम देउबञ्जारका अनुसार भूकम्पपछि यहाँंको भजन टहरामा चलाउन बाध्य छन् । भूकम्पअघि भएको भजन घरमा क्षति पुगेकोले भजन घर नजिकै बनाइएको अस्थायी टहरामा भजन चलाउन बाध्य हुँदै आएको छ ।
बताइए अनुसार भजन पनि विभिन्न प्रकारका हुन्छन् । ढल्चा भजन, रास भजन, दाफा भजनलगायतका विविध भजनहरु हुन्छन् । पहिलापहिला भजन गर्नकै लागि भजन घरलगायतका धेरै ठाउँं हुन्थे । अहिले पनि साँंझ विहान भक्तपुरका चोक, गली, देवघरलगायतका सार्वजनिक ठाउँंहरुमा बुढापाकाहरु मिलेर भजन गाउने जीवन्त चलन यहाँं बाँंकी छन् । तर यो क्रम दिन दुगुना रात चौगुण लोपोन्मुख भइरहेको छ ।








