भक्तपुर । नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदार मार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा छपाई कार्यमा कम गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार ती क्षेत्रहरुमा स्थलगत निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा उहाँले भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुर अस्पतालको प्रांगणमा कोभिड–१९ को लागि बनाइएको आइसोलेसन वार्ड र आईसीयु कक्षको पनि अवलोकन गर्नुभयो । सो अवसरमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले छिनै नै आइसियु कक्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।








