सत्य राम कासिछ्वा
मंसिर, भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महेश्वरी खेलमैदान चालू भएको फुटबल प्रतियोगिताको पहिलो दिन चारवटा खेल सम्पन्न भएको छ । पहिलो दिनको पहिलो खेलको पहिलो हाफमा मेधा मावि र सरस्वती मावि बीचको कुनैपनि गोल भएन । दोश्रो हाफमा मेधा माविका स्वीकार पोख्रेलले एक मात्र गोल गरेको थिए भने सरस्वती माविका विजय बलले २ गोल, रेशम चाैलागाईले र अर्जन खड्काले १/१ गोल गरि चार गोल गरेका थिए । उक्त खेलमा सरस्वती माविका जर्सी नं. ७ का विजय बल म्यान अफ द माच घोषित भएका थिए । दोस्रो खेलको पहिलो हाफमा मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलका प्रतीक कार्कीले १ र बासु माविका रमेश बिकले १ गोल गरि बराबर गरेका थिए भने दोस्रो हाफमा कुनैपनि गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा खेलाउँदा मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलका निशान श्रेष्ठ, अभिशेख मानन्धर, रोहिल ध्वजु, युवराज तामाङ, कोशिश तामाङ र इशक श्रेष्ठले १/१ गोल गरि छ गोल गरेका थिए भने बासु माविका प्रतीक बस्नेत,जीवन विष्ट, पुजल थापा, सुजन रोका, आशुतोष सुवेदीले १/१ गोल गरि पाँच गोल गरेका थिए । उक्त दोस्रो खेलमा मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलका निशान श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । तेस्रो खेलको पहिलो हाफमा राजश्री गुरुकुलका ईमोन डिसीले १ र समता शिक्षा निकेतनका युनिक लामाले १ गोल गरि बराबर गरेका थिए भने दोश्रो हाफमा राजश्री गुरुकुलका आरोग्य ढुंगानाले १ र समता शिक्षा निकेतनका युनिक लामाले नै पुन: १ गोल गरि बराबरी गरेका थिए । त्यसपछि टाइब्रेकरमा खेलाउँदा राजश्री गुरुकुलका ईमोन डिसी, अनिश खतिवडा, शुभम भासिमाले १/१ गरि ३ गोल गरेका थिए भने समता शिक्षा निकेतनका युनिक लामा, कोशियन सुनुवार, मनिष तामाङ र रिदम मगरले गरि ४ गोल गरेका थिए । उक्त तेस्रो खेलमा समता शिक्षा निकेतनका जर्सी नं. २ का युनिक लामा म्यान अफ द म्याच घोषित भएका थिए । चाैंथो खेलको पहिलो हाफमा साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुलका सन्देश जोशीले १ गोल गरि अग्रता दिएका थिए भने दोस्रो हाफमा साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुलकै सन्देश जोशीले २ गोल गरि तीन गोल गरेका थिए । सोही खेलमा समाज सुधार माविका सुजन थापा मगरले एक मात्र गोल गरेका थिए । उक्त खेलमा साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुलका जर्सी नं. ६ का सन्देश जोशी म्यान अफ द म्याच घोषित भएका थिए । शुक्रबार दोस्रो दिनमा ४ वटा खेल संचालन हुनेछ । जसमा बाल विकास सेकेन्डरी स्कुल र सैनिक आवासीय मावि, ख्वप्रिङ ईङ्गलिस एकेडेमी र प्रोक्सिमा इन्टर नेसनल ईङ्गलिस सेकेन्डरी स्कुल, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुल र बागिश्वरी मावि तथा श्री पद्म मावि र अक्सफोर्ड प्राक्टिकल सेकेन्डरी बीच क्रमशः पहिलो, दोस्रो, तेस्रो तथा चाैंथो खेल हुनेछ ।








Leave a Reply