कर्मचारी बनेर अनलाइन ठगी गर्ने ४ जना पक्राउ

खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने ४ जना पक्राउ

भक्तपुर: खल्ती (Khalti) को आधिकारिक कर्मचारी भन्दै सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, आरोपीहरूले विभिन्‍न मोबाइल नम्बरहरूबाट फोन गरी खल्तीको कर्मचारी भएको ढाँटेर स्क्रिन सेयर गर्न लगाउने र OTP code हात पारी सर्वसाधारणको बैङ्क तथा डिजिटल वालेट खाताहरूमा अनधिकृत पहुँचेर रकम ट्रान्सफर गर्ने गरेका थिए।

प्रहरीले मिति २०८३ असोज २१ गते दिउँसो अन्दाजी १६:०० बजे ललितपुर महानगरपालिका वडा नं. २८ हात्तीबनस्थित ‘मेरो सिटी अपार्टमेन्ट’ को १३ औँ तल्ला (कोठा नं. TE/1305) बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्तिहरू:

  1. सुभम कुमार झा (वर्ष २३) – स्थायी घर: ईसनाथ न.पा.-०३, रौतहट (हाल: हात्तीबन, ललितपुर)

  2. अनिकेत यादव (वर्ष २०) – स्थायी घर: सिम्रौनगढ न.पा.-१०, बारा (हाल: हात्तीबन, ललितपुर)

  3. पबन कुमार चौधरी (वर्ष २२) – स्थायी घर: ईसनाथ न.पा.-०३, रौतहट (हाल: धापाखेल, ललितपुर)

  4. रिसी गंगा (वर्ष २१) – स्थायी घर: गरुडा न.पा.-०१, रौतहट (हाल: धापाखेल, ललितपुर)

पक्राउ परेका व्यक्तिहरूविरुद्ध अनलाइन ठगी तथा लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *