भक्तपुर । शुक्रवार बिहान भक्तपुरको सूर्यविनायक चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाईंदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।
युवाहरुको समूहले सूर्यविनायक चोकमा देश र जनातासँग मत माग्दा स्थायी सरकार बनाउने बाचा विपरित सरकार गिराउने खेल खेलेको भन्दै उनीहरुले ओलीको सर्मथनमा प्रर्दशन गरेका हुन् । बिहान चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्री ओलीको तस्बीर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानर सहित जुलुस निकालेका थिए । प्रधानमन्त्री ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका हुन ।








